एमालेले दसौं महाधिवेशन उद्घाटनमा एकीकृत समाजवादीलाई नबोलाउने
काठमाडौं, कात्तिक १७ : एमालेले आफ्नो १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एकीकृत समाजवादी) लाई नबोलाउने संकेत गरेको छ।एमाले सचिव योगेश भट्टराईले एमालेबाट विभाजित...काठमाडौं, कात्तिक १७ : एमालेले आफ्नो १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एकीकृत समाजवादी) लाई नबोलाउने संकेत गरेको छ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) लाई संकेत गर्दै अवैध गर्भधारणबाट जन्मिएको पार्टीलाई महाधिवेशनमा बोलाउनु आवश्यक नरहेको स्पष्ट पारे।
‘पहिचान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई आमन्त्रण गर्छौं। कतिपय राजनीतिक दल अवैध गर्भधारणबाट बनेका छन्। त्यस्ता पार्टीलाई बोलाउनु आवश्यक छैन,’ भट्टराईले भने।
पाँच लाख मानिसको उपस्थितिमा भव्य ढंगले महाधिवेशन उद्घाटन हुने भट्टराईले जानकारी दिए।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ। यसअघि असोज १५ देखि १७ सम्म पहिलो विधान महाधिवेशन गरिसकेको एमालेको आसन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।











