Kathmandu Press

नेपथ्यसँगै नाचे कतारवासी नेपाली

कतार, साउन २९ : इस्लाम धर्मावलम्बीहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोली....

नेपथ्यसँगै नाचे कतारवासी नेपाली

कतार, साउन २९ : इस्लाम धर्मावलम्बीहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोलीले कतारवासी नेपालीलाई साङ्गीतिक माहोलमा भरपुर मनोरञ्जन दिएको छ।

Hardik ivf

कतारको ग्रान्ड मलस्थित एशियन टाउनको एम्पिथिएटरमा भएको कार्यक्रममा नेपथ्यका गायक गुरुङले गीत सङ्गीतकै क्रममा राष्ट्र समृद्ध बनाउन सबैजना जुट्नु पर्ने भन्दै आफ्ना निकै पुराना तथा नयाँ चर्चित गीतहरु गाएर दर्शकको मन जितेका थिए।

गायक अमृतसँगै दर्शक पनि नाचेका थिए। नेपथ्य ब्यान्डको कतार दोस्रो पटकको आगमन हो।

ब्यान्डमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, किबोर्डमा सुरज थापा र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्