नबिलले बाेनस सेयर र नगद गरी ३८ प्रतिशत लाभांश दिने
काठमाडौं, कात्तिक १७ : नबिल बैंकले बाेनस सेयर र नगद गरी ३८ प्रतिशत लाभांश दिने भएको छ।मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष...
काठमाडौं, कात्तिक १७ : नबिल बैंकले बाेनस सेयर र नगद गरी ३८ प्रतिशत लाभांश दिने भएको छ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर र लाभांश लाग्ने कर प्रयोजनको लागि समेत गरेर ४.४ प्रतिशत गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभा बाट पारित भएपछि सेयरधनीले उक्त लाभांश पाउनेछन्।
प्रकाशित मिति: १४:०६ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











