Kathmandu Press

चीनले दियाे थप १६ लाख डोज कोरोना खोप

काठमाडौं, कात्तिक १७ : चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिएको छ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज स्वास्थ्य तथा जनसंख्या...
चीनले दियाे थप १६ लाख डोज कोरोना खोप

काठमाडौं, कात्तिक १७ : चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिएको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर सो परिमाणाको खोप उपलब्ध गराएकी हुन्। 

खोप हस्तान्तरणका अवसरमा राजदूत यान्छीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै १६ लाख डोज खोप अनुदानमा दिने चीनको घोषणाअनुसार खोप आएको बताइएकाे छ। 

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्