Kathmandu Press

बाटो बिराएका १० भाइलाई ओलीले लखेट्न थाले : मेटमणि चौधरी

भैरहवा, कात्तिक १७ : नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीले भीम रावल, घनश्याम भुसाललगायत १० भाइलाई लखेट्न थालेको बताएका...
बाटो बिराएका १० भाइलाई ओलीले लखेट्न थाले : मेटमणि चौधरी

भैरहवा, कात्तिक १७ : नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीले भीम रावल, घनश्याम भुसाललगायत १० भाइलाई लखेट्न थालेको बताएका छन्। 

आज भैरहवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले माधव नेपालको साथ छाडेर बाटो बिराएर ओलीतिर लागेकै कारण १० भाइले लखेटिनुपरेको उनले दाबी गरे।

लुम्बिनी प्रदेशका संयोजकसमेत रहेका चौधरीले ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप पनि लगाए। उनले ओलीको दम्भलाई शून्यमा झार्न उमालेबाहेक देशभरका कम्युनिस्ट संगठिन हुनुपर्नेमा जोड दिए।

ओलीका कारण डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई जोगाउन एकीकृत समाजवादी पार्टी स्थापना भएको उनले बताए। 

नेपालमा कम्युनिस्ट पार्टीसँग दुई तिहाइको बहुमत भए पनि ओलीवाद हाबी भएपछि सरकार ढलेको बताए।

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्