Kathmandu Press

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

संयुक्त राष्ट्रसंघ, कात्तिक १७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाबारे गम्भीर चासो लिएको बताएका छन्।उनले भनेका छन्, ‘पछिल्ला...
इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

संयुक्त राष्ट्रसंघ, कात्तिक १७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाबारे गम्भीर चासो लिएको बताएका छन्।

उनले भनेका छन्, ‘पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा संकटकाल पनि लागेकाले यसबाट नागरिकहरु बाँच्न पाउने तथा दैनिक अधिकारहरुमाथि असर परिरहेकोप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भएको छ।

आफ्ना प्रवक्ताद्वारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले यहाँ हिंसाको अन्त्य गर्न तथा अप्ठेरोमा परेका नागरिकलाई मानवीय सहायताका लागि तत्परता देखाउन पनि सरकारलाई आग्रह भनिएको छ।

यहाँको हिंसामा शत्रुता बढ्दै जाँदा यसबाट इथियोपियाका नागरिकले नै दुःख पाउने भएकाले यसतर्फ सरकार तथा अरु विपक्षी तथा विद्रोहीहरुले सोच्नुपर्ने महासचिव गुटर्रेसको भनाइ छ।

विशेषगरी उत्तरी इथियोपियाको टिगरे क्षेत्रमा यस्तो हिंसाको अवस्था देखा परिरहेको छ। जसका कारण यहाँ मानवीय सहयताको खाँचो परेको छ।बालबालिकादेखि महिलाहरु समस्यामा परेका छन्।

सो क्षेत्रमा हिंसा जारी रहँदा यहाँका नागरिकले खाना, पानी र औषधि पनि पाउन नसकेको बताइएको छ। केही हप्तायतादेखि उत्तरी इथियोपियाको टिगरेलगायतका क्षेत्रमा संघर्ष जारी रहेको छ।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, कात्तिक १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्