Kathmandu Press

कर्णालीमा एकीकृत समाजवादी दलको नेतामा शाही

कर्णाली, कात्तिक १७ : नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ।मुगु प्रदेशसभा क्षेत्र (क)बाट प्रत्यक्ष निर्वाचित उनी पार्टीको...
कर्णालीमा एकीकृत समाजवादी दलको नेतामा शाही

कर्णाली, कात्तिक १७ : नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ।

मुगु प्रदेशसभा क्षेत्र (क)बाट प्रत्यक्ष निर्वाचित उनी पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुन्। संसदीय दलले नेता शाहीका नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ। 

नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहारलगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिए। ३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन्।
 

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्