Kathmandu Press

राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

काठमाडौं, कात्तिक १७ : नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी...
राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

काठमाडौं, कात्तिक १७ : नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो।

‘यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फर्स्यौट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा भनिएको छ।

राष्ट्र बैैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फर्स्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो। ‘भुक्तानी तथा फर्स्यौट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालमा ल्याउन नसकेपछि अनुमतिपत्र खारेज गरिएको हो,’ उनले भने।
 

प्रकाशित मिति: ११:२० बजे, बुधबार, कात्तिक १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्