Kathmandu Press

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोट, कात्तिक १७ : जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भन एक जना घाइते भएका छन्।नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको...
जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोट, कात्तिक १७ : जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भन एक जना घाइते भएका छन्।

नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा आज बिहान २ बजे दुर्घटना भएको हो।

दुर्घटनामा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन्। उनी सहचालक हुन्। घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।

ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्