Kathmandu Press

अस्थायी व्यवस्था गरेर भए पनि मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याइन्छ : मन्त्री चौधरी

झापा, कात्तिक १७: खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँबासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताएका छन्।खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका...
अस्थायी व्यवस्था गरेर भए पनि मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याइन्छ : मन्त्री चौधरी

झापा, कात्तिक १७: खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँबासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताएका छन्।

खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आएका मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा विज्ञको टोलीले निरीक्षण गरेको र आफूले स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौँबासीलाई अस्थायी रुपमा भए पनि खानेपानी उपलब्ध गराउने बताए।

आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौँबासीलाई खुवाउने प्रतिबद्धता जनाउँदै मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाए।

गत असार १ मा मेलम्चीमा आएको बाढीले खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति पुगेको थियो। मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागि पर्ने उल्लेख गरेका थिए।

उनले बिर्तामोड साना सहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। (रासस)

प्रकाशित मिति: ०७:०३ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्