श्रीलंकाका राष्ट्रपति राजापाक्षेसँग प्रधानमन्त्री देउवाको साइडलाइन वार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेबीच ग्लास्गोमा साइडलाइन वार्ता भएको छ।
काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेबीच ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप २६)मा सहभागी हुन स्कटल्यान्डको ग्लास्गोमा रहेका दुवै नेताबीच मंगलबार साइडलाइन वार्ता भएको हो ।
‘श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेसँगको भेटवार्ता उत्साहप्रद रह्यो । नेपाल श्रीलंकासँगको मित्रताको अझ मजबुत बनाउन र जलवायु परिवर्तनका असरसँग जुझ्न सधैँ तत्पर छ । उहाँले देखाउनुभएको प्रतिबद्धताप्रति आभार प्रकट गर्छु,’ प्रधानमन्त्री देउवाले ट्विट गरेका छन् ।
प्रकाशित मिति: २१:२४ बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











