Kathmandu Press

हिमाली जिल्ला हुम्लाका जीवनबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री 

कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। 
हिमाली जिल्ला हुम्लाका जीवनबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री 

काठमाडौं, कात्तिक १६ : कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। 

आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि उनी नयाँ मुख्यमन्त्री बनेका हुन्। 

नवनियुक्त मुख्यमन्त्री शाहीलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन छ। उनी कांग्रेसबाट प्रदेशसभामा विकट हिमाली जिल्ला हुम्लाबाट निर्वाचित भएका हुन्। 

कर्णाली प्रदेशसभामा कांग्रेसका ६, माओवादीका १२ र एकीकृत समाजवादीका तीन गरि २१ सांसद छन्। ३९ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‌याउन २० सांसद आवश्यक हुन्छन्। 

उनी हुम्लाको खार्पुनाथ गाउँपालिका ५ का स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्