Kathmandu Press

२१ सांसदको समर्थनमा जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने, आजै शपथ हुने 

नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
२१ सांसदको समर्थनमा जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने, आजै शपथ हुने 

काठमाडौं, कात्तिक १६ : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभा हाल ३५ सदस्यीय छ । बहुमतका लागि १८ सदस्य आवश्यक पर्छ ।

 कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बेलुका ७ः३० बजे संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २४ घण्टाभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

सोही बमोजिम शाहीले मुख्यमन्त्रीमा आज दाबी पेश गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण आज राति साढे ८ बजे गर्ने तयारी गरेको उनले जानकारी दिए। मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने एक/दुई दिनमा शपथ ग्रहण गर्ने बताइएको छ । 

प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्