Kathmandu Press

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ आज पनि प्रभावित

काठमाडौं, कात्तिक १६ : सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। मङ्गलबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर आज त्यो पनि हुन...
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ आज पनि प्रभावित

काठमाडौं, कात्तिक १६ : सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। 

मङ्गलबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर आज त्यो पनि हुन सकेन।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छवटा इजलास तोकेका थिए। जसमा चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेको थियो। संयुक्त इजलासमा न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की,  बमकुमार श्रेष्ठ र कुमार चुडाल, तेजबहादुर केसी र डा कुमार रेग्मीको रहेको थियो भने एकल इजलासमा न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र न्यायाधीश सुष्मालता माथेमा रहेको थियो। यी छवटै  इजलासमा बेन्च बस्न नसकेको जनाइएको छ।  
    
सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दीप्रत्यक्षीकरणको मुद्दामा पेसी तोकिएको थियो तर कुनै पनि बेन्च बस्न नसक्दा सुनुवाइ हुन सकेन। 

गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थियो। सोमबारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ। सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज आठ दिन पुगेको छ।  

सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुलकोर्ट) बसेर समस्याको समाधान गर्ने भनिएता पनि उक्त बैठक बस्न सकेन। प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरेका छन्। 

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन्।     

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्