नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं, कात्तिक १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक...
काठमाडौं, कात्तिक १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अंकले बढेर ५३१.४२ मा पुगेको छ। कूल २३० कम्पनकिो ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर छ अर्ब सात करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। आजको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख ५० हजार रुपैयाँको हाराहारीमा पुगेको छ।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ। बैंकिङ ०.२३, व्यापार ६९ र लगानी ०.१५ अङ्कले घटेको छ। होटल तथा पर्यटन ४१.७३, विकास बैंक १९१.३३, जलविद्युत् ४८.१५, वित्त ४८.१२, निर्जीवन बीमा १६४.९९, उत्पादन २९.१७, अन्य ७२.०५, लघुवित्त ०.७९, जीवन बीमा १६०.८१ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ४६ करोड ९७ लाख २३ हजार ४१५ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै, कामना सेवा विकास बैंक २२ करोड १६ लाख ८० हजार ९९६ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी २१ करोड ३४ लाख आठ हजार ४०६ रुपैयाँ, नबिल बैंक २१ करोड १७ लाख ८६ हजार ५४० रुपैयाँ र लुम्बिनी विकास बैंक २० करोड ७४ लाख ६९ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
नेप्सेका अनुसार साहस ऊर्जा ९.९९,गुडविल फाइनान्स ९.१६, नेपाल पुनरबीमा कम्पनी ८.६८, कालिका पावर कम्पनी ८.२८ र रिडी हाइड्रोपावरका लगानीकर्ताले ८.२५ प्रतिशतले कमाए। त्यस्तै, विशाल बजार कम्पनी २.९५, नेपाल बङ्गलादेश बैंक २.७५, आरएमडिसी लघुवित्त २.६६, सामुदायिक लघुवित्त २.४२ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २ं१३ प्रतिशतले गुमाए।











