प्रधानमन्त्री देउवासँग मंगोलियाका राष्ट्रपतिको भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगोलियाका राष्ट्रपति उख्ना खुरेल्सुखले स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता गरेका छन् ।
काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगोलियाका राष्ट्रपति उख्ना खुरेल्सुखले स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन ‘कोप २६’ मा सहभागी हुन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवा र राष्ट्रपति खुरेल्सुखबीच भेटवार्ता भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच सांस्कृतिक आदानप्रदानसम्बन्धी छलफल भएको थियो ।
यसैबीच, प्रधानमन्त्री देउवाले शिखर सम्मेलनमा भूमि उपयोग व्यवस्थापनसम्बन्धी छलफलमा पेनालिस्टका रूपमा सम्बोधन गरेका छन् । त्यस क्रममा उनले स्वेच्छिक कार्बन बजार, कम उत्सर्जन र वन पैदावारको बढोत्तरीमा नेपालको धारणा राखेका थिए ।
प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











