पाकिस्तानी प्रधानमन्त्री इमरान खान कश्मिर भ्रमणमा
कश्मिर, साउन २९ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार कश्मिरको भ्रमण गरको छन्। कश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने जनाएको छ।
....

कश्मिर, साउन २९ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार कश्मिरको भ्रमण गरको छन्। कश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने जनाएको छ।
भारत सरकारले भारत प्रशासित जम्मु कश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनाबको स्थिति छ। पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ।
पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ।
पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ।
यसैसाताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए।
अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो।












