Kathmandu Press

दोस्रो पटक प्रदेश-१ को अर्थमन्त्री बने ‘मौसम’

माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ दोस्रोपटक प्रदेश सरकारको अर्थमन्त्री नियुक्त भएका छन्।
दोस्रो पटक प्रदेश-१ को अर्थमन्त्री बने ‘मौसम’

काठमाडौं, कात्तिक १६ : माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ दोस्रोपटक प्रदेश सरकारको अर्थमन्त्री नियुक्त भएका छन् ।

पूर्वमुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनी एमाले र माओवादी केन्द्रबीच एकता टुटेपछि पदबाट बाहिरिएका थिए । त्यसपछि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका मौसमकै मित्र टंकबिक्रम आङ्बोहाङ ‘प्रभाव’ अर्थमन्त्री बनेका थिए । शेरधन राईको सरकार ढलेसँगै उनी पदमुक्त भएका थिए ।

मौसमले भने मुख्यमन्त्री राजेन्द्र राईको सरकारमा पनि अर्थमन्त्री बन्ने मौका पाएका हुन् । मख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रालययको जिम्मेवारी मौसमलाई दिएसँगै भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रीमा कांग्रेस प्रमुख सचेतक केदार कार्की र सामाजिक विकास मन्त्रीमा जसपाका नेता जयराम यादवलाई नियुक्त गरेका छन् ।

यस्तै, विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री बनाइएको छ । उनी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद हुन् । चार मन्त्री र एक राज्यमन्त्रीले पनि मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्