मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ
काठमाडौं, कात्तिक १६ : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई ...
काठमाडौं, कात्तिक १६ : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई शपथ गराएका हुन्।
नेकपा (एकीकृत समाजवादी) का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यस्तै, मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्। उनले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन्।
प्रकाशित मिति: १६:३२ बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











