Kathmandu Press

थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् ।
थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौं, कात्तिक १६ : पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९,१७४ रहेको छ।

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्