Kathmandu Press

कोभिडबाट विश्वभर ५० लाख बढीको मृत्यु

पेरिस, कात्तिक १६ : कोभिड–१९ महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट सुरु...
कोभिडबाट विश्वभर ५० लाख बढीको मृत्यु

पेरिस, कात्तिक १६ : कोभिड–१९ महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट सुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ। चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि  दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो।

विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ। गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ।

यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का सङ्क्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन्।

रुसमा हाल सङ्क्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ। गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुदै आएको छ। रुसमा कोरोना सङ्क्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, कात्तिक १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्