Kathmandu Press

राजेन्द्र राई प्रदेश-१ को तेस्रो मुख्यमन्त्री नियुक्त, ३ बजे सपथ ग्रहण

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश-१ को तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन्।
राजेन्द्र राई प्रदेश-१ को तेस्रो मुख्यमन्त्री नियुक्त, ३ बजे सपथ ग्रहण

काठमाडौं, कात्तिक १६ : नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश–१ को तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले राईलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अपराह्न ३ बजे प्रदेश प्रमुख प्यासीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै छन् ।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत सामना नगरी पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनबाट राई नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई एकीकृत समाजवादीसहित कांग्रेस, माओवादी केन्द्र, जसपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदको समर्थन छ ।

प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्