Kathmandu Press

प्रशिक्षक अल्मुताइरी थप तीन वर्ष नेपालमै रहने

काठमाडौं, कात्तिक १६ : नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्। मंगलबार एक औपचारिक कार्यक्रममा उनले...
प्रशिक्षक अल्मुताइरी थप तीन वर्ष नेपालमै रहने

काठमाडौं, कात्तिक १६ : नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्। मंगलबार एक औपचारिक कार्यक्रममा उनले हस्ताक्षर गरेका हुन् । अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन्।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए। तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन्।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाललाइ फाइनलमा पुर्याउन सफल अल्मुताइरी नेपालकै सफल प्रशिक्षक मानिएका छन्।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्