Kathmandu Press

नवउद्यमी महिलालाई विना धितो ऋण सहयोग

पाल्पा, कात्तिक १६ : तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई विना धितो ऋण सहयोग दिने भएको छ। नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न...
नवउद्यमी महिलालाई विना धितो ऋण सहयोग

पाल्पा, कात्तिक १६ : तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई विना धितो ऋण सहयोग दिने भएको छ। नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न रु पन्ध्र लाख बराबरको ऋण सहयोग उपलब्ध गराइनेछ।

नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ। सो बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ। आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगरप्रमुख अशोककुमार शाहीले बताए।

बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा विना धितो रु ५० हजारदेखि १५ लाखसम्म र धितो राखेर धितोको मूल्याङ्कनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारी दिए। नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्रमा उद्यमीलाई ऋण उपलब्ध गराइनेछ। यसै महिनादेखि विना धितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउनेछ।

 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, कात्तिक १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्