तीज विशेष अन्तर्राष्ट्रिय मेला भदौ दोस्रो साता
काठमाडौं, साउन २९ : तीजलाई लक्षित गरि भदौ दोस्रो साता राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागिएको छ।
त्रिपुरेश्वरस्थित ....

काठमाडौं, साउन २९ : तीजलाई लक्षित गरि भदौ दोस्रो साता राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागिएको छ।
त्रिपुरेश्वरस्थित यूनाइटेड वल्ड ट्रेड सेन्टरमा ‘१२औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला–२०७६’ आयोजना गर्न लागिएको हो। डीईसीसी नेपाल प्रा.लि. आयोजना गर्ने मेला भदौ १० देखि १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
मेलाको सबै तयारी पूरा भएको मेलाको व्यवस्थापक संस्था इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ।
नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा १२ वर्षदेखि मेला आयोजना हुँदै आएको छ। यो वर्षको मेलामा एक सयभन्दा बढी कम्पनी, संघसंस्था सहभागी हुनेछन्। जसमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
मेलामा महिला उद्यमीका श्रृजनात्मक उत्पादन र सेवा प्रदर्शनीमा राखिनेछन्। नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि रहने जनाएको छ।
मेला संयोजक सुमन महर्जनले तीज मेला रमाइलो मात्र नभई महिला उद्यमीलाई व्यवसायिक बनाउन र अवसर नपाएका महिला उद्यमीलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताए।
नेपाल चेम्बर अफ कमर्सले सहयोग गरेको मेलामा भारत, पाकिस्तान र बंगलादेशबाट १२–१२ स्टल रहनेछ भने नेपालीका तीज विशेष ७० स्टल रहनेछन्।










-1754206481.jpg)
