नविल र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच नाफामा प्रतिस्पर्धा, यस्तो छ वित्तिय अवस्था
काठमाडौं, साउन २९ : नविल र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच नाफा कमाउन प्रतिस्पर्धाजस्तै देखिएको छ। दुवै बैंकको नाफा प्रतिशत उस्ताउस्तै छ।
नबिल....

काठमाडौं, साउन २९ : नविल र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच नाफा कमाउन प्रतिस्पर्धाजस्तै देखिएको छ। दुवै बैंकको नाफा प्रतिशत उस्ताउस्तै छ।
नबिल बैैंकले चार अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुदनाफा कमाएको छ। जुन अघिल्लो वर्षभन्दा नाफा ७.८५ प्रतिशत बढी हो। अघिल्लो वर्षको नविलले तीन अर्ब ९८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो।
स्ट्याडर्ड चार्टर्ड बैंकले दुई अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षमा बैंकको नाफा दुई अर्ब १५ करोड रुपैयाँ थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा ७.८४ प्रतिशतले नाफा बढाएको छ।
नविल बैंकले खुद व्याज आम्दानी सात अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ थियो।
यता स्ट्यार्डर्ड चार्टर्ड बैंकले खुद व्याज आम्दानी तीन अर्ब ५२ करोड रुपैयाँ गरेको छ। बैंकले विभिन्न शुल्क तथा कमिसनबाट ८२ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ।
नविल बैंकले सर्वसारधाणबाट एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले एक खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब नौ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।
स्ट्याडर्ड चार्टर्ड बैंकले गत वर्ष ७५ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ११ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ र जगेडा कोषमा पाँच अर्ब १७ करोड रुपैयाँ रहेको छ।
नविल बैंकको पूँजीकोष अनुपात १२.७१ प्रतिशत छ। खराब कर्जा ०.५५ प्रतिशतबाट बढेर ०.७४ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा रहेको छ।
स्ट्याडर्ड चार्टर्डको खराब कर्जा केहि सुधार हुँदा ०.१५ प्रतिशतमा झरेको छ। स्प्रेड दर नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै ५.०६ प्रतिशतबाट ४.४५ प्रतिशतमा झार्न सफल भएको छ।
त्यस्तै आधार व्याजदर पनि केहि प्रतिशत विन्दुले घटेर ७.६३ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी ३१ रुपैयाँ छ।










-1754206481.jpg)
