हामी इन्धन निकाल्न आफ्नै चिहान खनिरहेका छौँ : गुटरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस ‘कोप–२६’ सम्मेलनमा केही कडा भाषाका साथ प्रस्तुत भए ।
ग्लास्गो, कात्तिक १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस ‘कोप–२६’ सम्मेलनमा केही कडा भाषाका साथ प्रस्तुत भए ।
उनले चेतावनी दिए, ‘हामी इन्धनका लागि होइन, आफ्नो चिहानका लागि जमिन खनिरहेका छौँ ।’
जीवाष्म इन्धनमा बसेको लतले मानवतालाई विनाशतर्फ धकेलिरहेको उनले बताए ।
‘अब या त हामीले यसलाई रोक्नुपर्छ, या यसले हामीलाई रोक्नेछ । अब भन्नैपर्ने भएको छ, अब अति भइसक्यो,’ गुटरेसले सम्मेलनमा सहभागी नेताहरूलाई भने, ‘कार्बनबाट आफ्नै हत्या गर्ने दौड अब अति भइसक्यो । प्रकृतिलाई शौचालयको जसरी प्रयोग गर्ने कामले सीमा नाघ्यो । गहिरो गहिरो माइनिङ र ड्रिलिङ गर्ने कामले सीमा नाघ्यो । हामी धमाधम आफ्नै चिहान खनिरहेका छौँ ।’
प्रकाशित मिति: २१:२४ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











