गण्डकीमा ३४ जनाले जिते कोरोना
काठमाडौं, कात्तिक १५ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश...काठमाडौं, कात्तिक १५ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा कास्कीका नौ, स्याङ्जाका आठ, तनहुँका दुई तथा नवलपरासीपूर्व, लमजुङ, गोरखा र म्याग्दीका एक/एक जना छन् । यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२५ जना र होम आइसोलेशनमा ४२१ जना रहेका छन् ।
प्रकाशित मिति: २०:०७ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१