आगलागीबाट धनमाल जलेर नष्ट
रुकुम पश्चिम, कात्तिक १५ : मुसिकोट नगरपालिका–१ बागबजारमा पसल गरी बस्ने सिस्ने गाउँपालिका–७ घर भएकी ३८ वर्षीया पुजा थापा र रुकुम पूर्व भुमे...
रुकुम पश्चिम, कात्तिक १५ : मुसिकोट नगरपालिका–१ बागबजारमा पसल गरी बस्ने सिस्ने गाउँपालिका–७ घर भएकी ३८ वर्षीया पुजा थापा र रुकुम पूर्व भुमे गाउँपालिका–८ घर भएकी ३० वर्षीया मनपुरा कामीको पसलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
बिजुलीको तार सर्ट भई आगलागी हुँदा पुजाको पसलमा २ लाख र मनपुराको पसलमा २ लाख ५० हजार रुपैयाँ गरी उक्त रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो।
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बागबजारबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १८:१३ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)