नवलपरासीमा भिरबाट लडेर मृत्यु
नवलपरासी (पूर्व), कात्तिक १५ : नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको उकालोस्थित सडकको ढिक साइडमा जाने क्रममा भीरबाट लडेर भारत उत्तर प्रदेश बस्ने...
नवलपरासी (पूर्व), कात्तिक १५ : नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको उकालोस्थित सडकको ढिक साइडमा जाने क्रममा भीरबाट लडेर भारत उत्तर प्रदेश बस्ने २७ वर्षीया शान्ती श्रीको आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
युपी ७६ एसएल २५१० नबरको कारमा सवार पाँचजनामध्ये शान्ति शौचका लागि सडकको छेउतिर जाने क्रममा अचानक भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १४:१३ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












