Kathmandu Press

अमेरिकी र टर्किस राष्ट्रपतिबीच भेटवार्ता

अंकारा, कात्तिक १५ : अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच भेटवार्ता भएको छ।उनीहरुबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य...
अमेरिकी र टर्किस राष्ट्रपतिबीच भेटवार्ता

अंकारा, कात्तिक १५ : अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच भेटवार्ता भएको छ।

उनीहरुबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ। टर्कीका राष्ट्रपति एर्दोगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनीहरुले आपसी व्यापार विस्तारका साथै अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा सहकार्य गरी अघि बढ्ने बारेमा छलफल भएको थियो। 

Hardik ivf

इटालीको रोममा जारी रहेको जि२० को नेताहरुको सम्मेलनका क्रममा उहाँहरुबीचमा आइतबार सो भेटवार्ता भएको समाचारमा जनाइएको छ। उनीहरुले कोभिड १९ को समस्याका साथै अन्य आन्तरिक तथा बाह्य समस्या र विषयवस्तुहरुमा आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको थियो। 

उनीहरुका बीचमा द्धिपक्षीय व्यापारमा अभिबृद्धि गर्ने, नेटो सैन्य गठबन्धनमा मिलेर अघि बढ्ने तथा जलवायु परिवर्तनका विषयमा पनि आपसमा मिलेर के कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो। 

इटालीको रोममा भएको जी–२० को नेताहरुको सम्मेलनका क्रममा विश्वका अन्य नेताहरुका बीचमा यस्तो भेटवार्ता भएको समाचारमा जनाइएको छ। 

उनीहरुले विशेषगरी कोभिड–१९ का कारण उत्पन्न परिस्थितिबारे पनि आवश्यक छलफल गरी सामुहिक रुपमा समाधानका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा आवश्यक छलफल भएको थियो। 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्