Kathmandu Press

जी-२० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक–उपभोक्ता समन्वयमा सहमत : म्याक्रोन

रोम, कात्तिक १५ : जी–२० राष्ट्रहरूले ऊर्जा मूल्य सम्बन्धी मुद्दाहरूमा उत्पादक र उपभोक्ताहरू बीचको घनिष्ठ समन्वयमा सहमति जनाएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका...
जी-२० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक–उपभोक्ता समन्वयमा सहमत : म्याक्रोन

रोम, कात्तिक १५ : जी–२० राष्ट्रहरूले ऊर्जा मूल्य सम्बन्धी मुद्दाहरूमा उत्पादक र उपभोक्ताहरू बीचको घनिष्ठ समन्वयमा सहमति जनाएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्र।

आइतबार जी–२० शिखर सम्मेलनको समापनपछि रोममा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले ग्याँस र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको टिप्पणी गरेका छन्। 

ऊर्जाको कुरा आउँदा उत्पादक र उपभोक्ता राज्यहरू बीच समन्वयको आवश्यकता छ, म्याक्रोनले जोड दिँदै भने्, जी–२० शिखर सम्मेलनमा त्यससँग सान्दर्भिक सम्झौताहरू सम्पन्न भएका छन्।

त्यसैगरी युएस स्टेट डिपार्टमेन्टका ग्लोबल इनर्जी सेक्युरिटीका वरिष्ठ सल्लाहकार आमोस होचस्टेनले बिहीबार भनेका छन्, ‘ग्यास र तेल आपूर्तिकर्ताहरूले युरोपमा देखापर्ने संकटबाट बच्न विश्वव्यापी माग पूरा गर्ने क्षमता सुनिश्चित गर्ने जिम्मेवारी आएको छ।

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्