Kathmandu Press

जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

टोकियो, कात्तिक १५ : जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त भएको छ।जापानमा आइतबार...
जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

टोकियो, कात्तिक १५ : जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त भएको छ।

जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो। सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ। 

Hardik ivf

सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ। संसदको तल्लो सदनमा ४६५ स्थान रहेका छन्। प्रधानमन्त्री किसिदाको राजनीतिक पार्टी एलडिपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन्। 

सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो । 

एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ सिटमा केही सिट भने गुमाएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका थिए। 

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्