Kathmandu Press

रुसको सुरक्षा परिषद्का उपाध्यक्षद्वारा खाद्य संकटको चेतावनी

मस्को, कात्तिक १५ : रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिँदै विश्व अर्थतन्त्रमा मन्दीलाई जित्न कसैले पनि सही भविष्यवाणी गर्न...
रुसको सुरक्षा परिषद्का उपाध्यक्षद्वारा खाद्य संकटको चेतावनी

मस्को, कात्तिक १५ : रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिँदै विश्व अर्थतन्त्रमा मन्दीलाई जित्न कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने बताएका छन्।

‘यो स्पष्ट छ कि विश्व खाद्य संकट आउँदैछ। खाद्यान्नको मूल्य जताततै बढिरहेको छ, खाद्य मुद्रास्फीति तीव्र गतिमा छ,’ मेदवेदेवले रोसिस्कायाद्वारा प्रकाशित लेखमा उल्लेख गरेका छन्।

उनले विश्व अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको तुलनामा निकै गम्भीर मन्दीबाट गुज्रिरहेको कुरामा जोड दिनुभएको छ। विदेशी व्यापारको पुनस् सुरु हुने दरमा धेरै कुरा निर्भर हुनेछ, विशेष गरी सेवाहरूको निर्यातआयातको सन्दर्भमा त्यसैले अब कसैले पनि सही पूर्वानुमान नसक्ने मेदवेदेवको टिप्पणी छ।

रुसी सुरक्षा परिषद्का उपाध्यक्षले खोप र नयाँ भाइरसको उदय जस्ता गैरआर्थिक कारकहरूले हाल विश्वको आर्थिक अवस्थालाई असर गरिरहेको  पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, कात्तिक १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्