Kathmandu Press

तल्लो सदनमा चुनाव जित्नु ‘ठुलो कुरा’ : जापानी प्रधानमन्त्री

जापाने, कात्तिक १५ : लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किसिदाले संसद्को तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो...
तल्लो सदनमा चुनाव जित्नु ‘ठुलो कुरा’ : जापानी प्रधानमन्त्री

टोकियो, कात्तिक १५ : लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किसिदाले संसद्को तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो कुरा भएको बताएको छन्।

कोमेटो पार्टीसँगको गठबन्धनमा एलडीपीले कुल ४६५ सिटमध्ये २९३ सिट जितेको छ भने एलडीपी एक्लैले २६१ सिट जितेको छ।

‘हाम्रो पार्टीले राजनीतिक शक्तिका लागि चुनावमा आधाभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ यो ठूलो कुरा हो। हामी यसलाई हाम्रो राजनीतिक र संसदीय नेतृत्वमा प्रयोग गर्न चाहन्छौं,’ एनएचके टिभीले किसिदालाई उद्धृत गर्दै उल्लेख गरेको छ।

‘पार्टीको जितले अब तल्लो संसदीय सदनका सान्दर्भिक समितिका नयाँ अध्यक्षहरू नियुक्त गर्न र त्यसमा पार्टी आफैंले सबैभन्दा बढी सिट प्राप्त गर्ने सुनिश्चित गर्न सक्नेछ भन्ने हो,’ किसिदाले भने।

जापानको तल्लो संसदीय सदनको निर्वाचन आइतबार सम्पन्न भएको छ। देशको प्रमुख प्रतिपक्षी दल संवैधानिक लोकतान्त्रिक पार्टीले ९६ सिट प्राप्त गरेको छ। प्रतिनिधि सभाका लागि नौ दलका एक हजार ५१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्