एक वर्षमा ७१ लाख ९० हजारले गरे हवाइ यात्रा
काठमाडौं, माघ १७ : सन् २०१८ मा नेपालमा हवाइयात्रुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । ७१ लाख ९० हजार नौ सय १९ जनाले हवाइ यात्रा गरेका छन् ।
....

काठमाडौं, माघ १७ : सन् २०१८ मा नेपालमा हवाइयात्रुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । ७१ लाख ९० हजार नौ सय १९ जनाले हवाइ यात्रा गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, एक वर्षमा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ उनीहरुले यात्रा गरेका हुन् । जसमा आन्तरिकतर्फ २८ लाख ४७ हजार सात सय ५२ जनाले यात्रा गरेका छन् । त्यस्तै, अन्तर्राष्ट्रियतर्फ ४३ लाख ४३ हजार एक सय ६७ जना रहेका छन् ।
प्राधिकरणका अनुसार, सन् २०१७ भन्दा २०१८ मा आन्तरिकतर्फ १५.४५ प्रतिशत र अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले बृद्धि भएको छ । सन् २०१८ मा गत वर्षभन्दा आन्तरिक वायुयान आगमनतर्फ २.७३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २.२० प्रतिशतले बृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय कार्गो ढुवानीतर्फ ७.७५ प्रतिशत र आन्तरिक कार्गो ढुवानीतर्फ ९.१२ प्रतिशतले बृद्धि भएको छ ।
सन् २०१८ मा आन्तरिकतर्फ ९५ हजार पाँच सय ८० वटा उडान–अतवरण भएको छ भने अन्तर्राष्ट्रियतर्फ ३३ हजार ६ सय ६९ वटा उडान–अवतरण भएका छन् ।
त्यस्तैगरी आन्तरिकतर्फ तीन हजार ६ सय ९३ टन कार्गो ढुवानी गरेका छन् भने अन्तर्राष्ट्रियतर्फ २० हजार पाँच सय ४९ टन कार्गो ढुवानी गरेका छन् ।











-1754206481.jpg)