Kathmandu Press

पूर्वी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ४ को मृत्यु ९ घाइते

इस्लामाबाद, कात्तिक १४ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौ जना घाइते...
पूर्वी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ४ को मृत्यु ९ घाइते

इस्लामाबाद, कात्तिक १४ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन्।

करिब २० यात्रु बोकेको यात्रुवाहक भ्यान प्रान्तको अट्टक जिल्लामा दुर्घटना भएको उक्त क्षेत्रका उद्धार अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। 

तीव्र गतिमा रहेको उक्त भ्यान चालकले एक्कासी ब्रेक लगाउँदा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। उक्त यात्रुवाहक भ्यान रावलपिण्डी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याएका छन्। प्रहरीले जनाएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति: २०:२८ बजे, आइतबार, कात्तिक १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्