कास्कीमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने, भीडभाडजन्य गतिविधि नगर्न सुझाव
काठमाडौं, कात्तिक १४ : कास्कीमा तिहारको अवसरमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक...
काठमाडौं, कात्तिक १४ : कास्कीमा तिहारको अवसरमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर राती १० बजेसम्म मात्र देउसी भैलो नाचगान गर्न आदेश दिएको हो ।
यस्तै प्रशासनले तिहारको पूर्वसन्ध्यामा आदेश जारी गर्दै प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भूईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग र निकासी, ओसारपोसार नगर्न पनि सुल्झाएको छ ।
प्रशासनले मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने जस्ता कार्य नगर्न र भीडभाडजन्य गतिविधि गरी समाजमा शान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न सबैमा अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: २०:२० बजे, आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












