Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कैलाली, कात्तिक १४ : लम्कीचुहा नगरपालिका ४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। स्थानीय ४१ वर्षीय...
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
Hardik ivf

कैलाली, कात्तिक १४ : लम्कीचुहा नगरपालिका ४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। स्थानीय ४१ वर्षीय सुरेन्द्र बोगटी लगायत ९ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १८:०५ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्