Kathmandu Press

भारतमा फेरि घट्यो दैनिक संक्रमितको संख्या

भारतमा फेरि घट्यो दैनिक संक्रमितको संख्या

नयाँ दिल्ली, कात्तिक १४ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ।

Hardik ivf

यस अवधिमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ। भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए। कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए।  

यसअघि झन्डै १६ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो। भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ।

यो सङ्ख्या २४७ दिनपछिकै सबैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.४६ प्रतिशत मात्रै हो । 

शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यससँगै कोरोना शुरु भएबाट हालसम्म  तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन्।

मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८.२० प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरसको परिक्षण ६० करोड ८३ लाख भन्दा बढी भएको छ।  

यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयबाट हामलसम्म १ अर्बभन्दा बढी डोज खोप लगाइएको छ।

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्