बग्दादमा तीनवटा रकेट अवतरण
बग्दाद, कात्तिक १४ : इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतबार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन्।इराकको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै...
बग्दाद, कात्तिक १४ : इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतबार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन्।
इराकको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन। बिहान सबेरै रकेटहरू अलमन्सुरनजिक अवतरण गरिएका थिए।
स्रोतले सिन्ह्वालाई जनाएअनुसार उक्त रकेटहरूमध्ये एउटा रेड क्रिसेन्ट अस्पताल नजिक, अर्को अलजैटौन स्ट्रिटनजिक र तेस्रो अल अमिरात स्ट्रिटको एक निजी बैंक बाहिर अवतरण भएका थिए।
यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि नजिकका भवनहरू र कारहरूमा केही क्षति पुगेको स्रोतले बताएको छ। रकेटहरूले स्पष्ट रूपमा अमेरिकी दूतावास नजिक ग्रीन जोनलाई निशाना बनाएका थिए तर त्यसले लक्ष्य ठम्याउँन भने असफल भएको छ।
ग्रिन जोन, जसमा केही मुख्य इराकी सरकारी कार्यालयहरू र अन्य विदेशी दूतावासहरू पनि छन्। उक्त क्षेत्रमा विद्रोहीहरूले बारम्बार मोर्टार र रकेट आक्रमण गर्ने प्रयास गरिरहेका छन्। करिब १० वर्ग किलोमिटरको सो क्षेत्र टाइग्रिस नदीको पश्चिमी किनारमा अवस्थित छ।











