Kathmandu Press

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट : छ जनाको मृत्यु, कैयौँ घाइते

आदेन, कात्तिक १४ : यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ। त्यहाँ अरु...
यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट : छ जनाको मृत्यु, कैयौँ घाइते

आदेन, कात्तिक १४ : यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ। त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन्। सो प्रवेशद्वारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ। सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन्।

घाइते भएकाहरुलाई अस्पताल पुर्‍याइएको छ। त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो। सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन। तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन्।

Hardik ivf

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ यहाँको सेनाले जनाएको छ। सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन। तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन्।
मारिब शहर यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो। यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीकाविरुद्धमा कारबाही गर्दै आएको छ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ। समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन्।

 

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्