Kathmandu Press

बेलायतमा कोरोना संक्रमितको संख्या ९० लाख बढी

लन्डन, कात्तिक १४ : बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या ९० लाख नाघेको छ।बेलायतका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका...
बेलायतमा कोरोना संक्रमितको संख्या ९० लाख बढी

लन्डन, कात्तिक १४ : बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या ९० लाख नाघेको छ।

बेलायतका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन्। ती अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए। यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो। 

त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ। योसमेत गरी बेलायतमा यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ। बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ। 

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, कात्तिक १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्