एक वर्षमै विद्युत प्राधिकरणले कमायो सात अर्ब २० करोड
काठमाडौं, साउन २८ : नेपाल विद्युत प्राधिकरणले यो वर्ष अत्यधिक नाफा कमाएको छ। गत वर्षभन्दा एक सय ४९ प्रतिशतले नाफा कमाएको हो।
प्राधिकरणले आर्....

काठमाडौं, साउन २८ : नेपाल विद्युत प्राधिकरणले यो वर्ष अत्यधिक नाफा कमाएको छ। गत वर्षभन्दा एक सय ४९ प्रतिशतले नाफा कमाएको हो।
प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा सात अर्ब २० करोड नाफा कमाएको हो। गत वर्ष दुई अर्ब ९० करोड नाफा गरेको थियो। गत वर्षभन्दा यस वर्ष एक सय ४९ प्रतिशत नाफा कमाएको हो।
विद्युत उपयोग गर्ने उपभोक्ता ४५ लाख पुगेका छन। जुन गत वर्षभन्दा १० प्रतिशतले बढी हो। अघिल्लो वर्ष विद्युत चुहावट २०.४५ प्रतिशत रहेकोमा यस वर्ष पाँच प्रतिशतले घटाएर १५.३२ प्रतिशत पुगेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
मंगलबार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित वार्षिक प्रगति विवरण पेश गरेका हुन्। कार्यकारी निर्देशकको रुपमा घिसिङ आएसँगै प्राधिकरण नाफामा जान थालेको हो। तीन वर्ष अगाडिसम्म अर्बाैं रुपैयाँ घाटामा रहेको थियो।
आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा गरेका थियो। घिसिङ आउनु अघि आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटा रहेको थियो। ‘विगतमा लोडसेडिङ अन्त्य गरेर अहिले लगातार नाफामा लगेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने।










-1754206481.jpg)
