Kathmandu Press

होन्डाको सस्तो स्कुटर बजारमा, एक लाख ५४ हजार मूल्य

काठमाडौं, साउन २८ : पछिल्लो समय नयाँ पुस्ताको रोजाइमा स्कुटर पनि पर्न थालेको छ। बोइकभन्दा सजिलो र हलुका हुन भएकाले युवा तथा युवती स्कुटरमा हुइरहेका दे....

होन्डाको सस्तो स्कुटर बजारमा, एक लाख ५४ हजार मूल्य

काठमाडौं, साउन २८ : पछिल्लो समय नयाँ पुस्ताको रोजाइमा स्कुटर पनि पर्न थालेको छ। बोइकभन्दा सजिलो र हलुका हुन भएकाले युवा तथा युवती स्कुटरमा हुइरहेका देखिन्छन्।

नयाँ पुस्ताको रुचिलाई ध्यानमा राखेर होन्डाले नयाँ स्कुटर बजारमा ल्याएको छ। नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकर कम्पनीले होन्डा नाभिको स्कुटर नेपाली बजारमा भित्र्याएको हो।

सबै उपभोक्तालाई सहज हुने गरी सस्तो मूल्यमा स्कुटर बजारमा ल्याएको कम्पनीले जनाएको छ। यसको मूल्य एक लाख ५४ हजार रुपैयाँ रहेको छ।

यो ११० सिसि इन्जिन क्षमताको रहेको छ। यो रातो, कालो, खैरो, हरियो   र सुन्तला रंगमा उपलब्ध छ।

यसले ९९ केजीसम्मको तौल धान्न सक्ने कम्पनीले जनाएको छ। यो ८१ किलोमिटर प्रति घण्टाका दरले कुद्न सक्छ।

 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, साउन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्