Kathmandu Press

हवाई आक्रमणमा दश लडाकू मारिए

बग्दाद, साउन २८ : इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दश जनाको मृत्यु भएको छ।

अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलल....

हवाई आक्रमणमा दश लडाकू मारिए
एजेन्सी

बग्दाद, साउन २८ : इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दश जनाको मृत्यु भएको छ।

अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकू रहेका जनाइएको छ।

इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन्।

आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन्।  

सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ।

सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हुँदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा सुधार भएको थियो।

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, साउन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्