Kathmandu Press

करेन्ट लागेर डोटीमा एकको मृत्यु, एक घाइते

धनगढी, कात्तिक १३ : डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका...
करेन्ट लागेर डोटीमा एकको मृत्यु, एक घाइते
Hardik ivf

धनगढी, कात्तिक १३ : डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्यारा रहेको प्रहरीले जनाएको छ। सोही नगरपालिका–११ स्थित माइतीघरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घाइते हुनेमा शिखर नगरपालिका–११ का शिशिर साउद छन्। हाई भोल्टेजका कारण तारमा आएको करेन्ट लागेर घाइते भएका उनको राजपुरस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:२६ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्