Kathmandu Press

चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छ : महामारी विशेषज्ञ

ग्वाङ्झोउ, कात्तिक १३ : चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका...
चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छ : महामारी विशेषज्ञ

ग्वाङ्झोउ, कात्तिक १३ : चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन्।

शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन्। ‘कोरोना भाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन,’ झोङले भने । उनले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरे।

झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्ण रूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, कात्तिक १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्