Kathmandu Press

सुनको भाउ बढेको बढ्यै

काठमाडौं, १७ माघः सुनको भाउ आकासिएको छ । बिहीबार सुनको भाउ तोलाको ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि नेपालमा सुन सर्वाधिक महँगो....

सुनको भाउ बढेको बढ्यै
एजेन्सी

काठमाडौं, १७ माघः सुनको भाउ आकासिएको छ । बिहीबार सुनको भाउ तोलाको ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो । सुनको मूल्य बढेर अहिलेसम्मकै महंगो हुन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ६१ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार सात सय रुपैयाँ बढेर ६२ हजार दुई सय पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो ।

अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारणले सुनको भाउ उच्च भएको हो । छिमेकी भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको बताइएको छ । भारतीय बजारमा हुने उतारचढावले पनि नेपाली बजारमा सुनको भाउ तलमाथि हुने गर्छ ।

आज तोलाको ६२ हजार दुई सय रुपैयाँ पुगेको छ । तेजावी सुनको प्रति तोला ६१ हजार नौ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भएको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले चीन र अमेरिकाबीचको व्यापार विवादका कारणले सुनको मूल्य बढ्दै गएको बताए । शाक्यका अनुसार, सुनको मूल्य अझै लगातार बढ्दै जाने छ ।

हाल मुलुकमा दैनिक २० किलोग्राम बराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ बर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

६ वर्षअघि प्रतितोला ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो । व्यवसायीका अनुसार त्यसपछि मूल्यमा उतारचढाव हुँदै ४७ हजार रुपैयाँमा झरेको थियो । अहिले बढेर ६२ हजार नाघेको हो ।

सिजनमा दैनिक ४० देखि ५० किलो कारोबार हुने गरेकोमा अहिले मूल्य बढेकाले दैनिक २५ देखि ३० केजीको कारोबार हुने गरेको व्यवसायीहरुको भनाइ छ ।

एक साताको सुनको मूल्य
दिन         प्रतितोला
माघ १० :    ६०,९००
माघ ११ :   ६०,६००
माघ १२ :   ६०,६००
माघ १३ :    ६१,२००
माघ १४ :   ६१,४००
माघ १५ :   ६१,५००
माघ १६ :   ६१,२००
माघ १७ :   ६१,२००

स्रोतः नेपाल सुन चाँदी व्यावसायी महासंघ

 

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, माघ १७, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्