Kathmandu Press

भारतमा  कोभिड–१९ का १४,३१३ नयाँ बिरामी थपिए

नयाँ दिल्ली, कात्तिक १३ : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३ करोड ४२ लाख ६० हजार ४ सय ७० पुगेको छ।पछिल्लो २४ घण्टामा...
भारतमा  कोभिड–१९ का १४,३१३ नयाँ बिरामी थपिए

नयाँ दिल्ली, कात्तिक १३ : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३ करोड ४२ लाख ६० हजार ४ सय ७० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३ सय १३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

Hardik ivf

यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७ सय ४० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् ।  हाल देशमा  १६१,५५५ सक्रिय सङ्क्रमितहरू छन्। 

पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन्। यो सँगै निको हुनेको सङ्ख्या ३ करोड ३६ लाख ४१  हजार १ सय ७५ पुगेको छ।

प्रकाशित मिति: १२:४० बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्